Section 4
अभिलेख तयार गर्नु पर्ने

(१) सचिवालयले संवैधानिक निकायका पदाधिकारीहरुको पदमा संविधान बमोजिम नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरुको छुट्टाछुट्टै अभिलेख तयार गरी राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तयार गरिएको अभिलेख गोप्य हुनेछ र सचिवको जिम्मामा रहनेछ ।
(३) उपदफा (२) बमोजिमको अभिलेख सचिवले परिषद्को स्वीकृतिबिना कसैलाई दिन वा सार्वजनिक गर्न हु“दैन ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सो अभिलेखमा नाम समावेश नभएको कारणले मात्र संविधान तथा कानून बमोजिम योग्यता पुगेको कुनै व्यक्तिलाई पदाधिकारीको पदमा सिफारिस गर्न बाधा पर्ने छैन ।